address:-

लागुऔषध, बालबिवाह , ट्राफिक नियम तथा सुशासन सम्बन्धमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न ।

नेपाल स्काउट, प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशको आयोजनामा कार्यशाला गोष्ठि तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। लागुपदार्थ दुर्ब्यसनि, बालबिवाह, सुशासन तथा ट्राफिक नियम सम्बन्धि कार्यक्रम युवा तथा खेलकुद मन्त्रालयका उपसचिव घनश्याम पौडेल को प्रमुख आतित्यथा मा सम्पन्न भएँको छ। नेपाल स्काउट गण्डकी प्रदेशका सम्योजक आशीर्वाद सुवेदीको अध्यक्षतामा भएँको कार्यक्रम मा बिभिन्न बिध्यालयहरुबाट स्काउट बिध्यार्थि तथा स्काउट मास्टर हरुको सहभागिता रहेको थियो । लागुऔषध दुर्ब्यसनि सम्बन्धमा प्रहरी उपरिक्षक हरि पौडेल र नौलो घुम्ती नेपालका प्रोग्राम को अर्डिनेटर ओम प्रकाश गुरुङले अभिमुखीकरण गर्नु भएँको थियो। त्यसै गरी सुशासन सम्बन्धमा अधिवक्ता तथा अधिकारकर्मी सुस्मा पौडेल्, बालबिवाह सम्बन्धमा अधिवक्ता कुन्जनि परियार प्यासि तथा ट्राफिक सचेतना सम्बन्धमा जिल्ला ट्राफिक कार्यालय कास्की का प्रहरी नायव निरिक्षक प्रबिन आचार्य ले अभिमुखीकरण गर्नु भएँको थियो। कार्यक्रममा नेपाल स्काउट रास्टृय समिति सदस्य शिब बहादुर भण्डारी, वरिष्ठ प्रहरी नायब निरिक्षक – बिध्याधर त्रिपाठी, Recovering नेपाल का अध्यक्ष – बिकास क्षेत्री , लागुपदार्थ दुर्ब्यसनि बिरुद्धका अभियान्ता तथा र्यापर – आशिस राना लगायतको उपस्थिति रहेको थियो