address:-

नेपाल स्काउट गण्डकी प्रदेशको आयोजना तथा युनिसेफ नेपालको सहयोगमा मास्क सुनिश्चतता कार्यक्रम

युनिसेफ नेपाल को सहयोगमा प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशको आयोजनामा आज चैत्र 1 गते कास्की जिल्ला माछापुछ्रे गाउपालिका अन्तर्गत श्री माछापुछ्रे मा बि भुर्जुङ्खोला र श्री महेन्द्र मा बि लाहाचोक मा कोभिड 19 रोकथाम र नियन्त्रणका लागी ‘मास्क सुनिश्चितता कार्यक्रम’ सम्पन्न भएँको छ। कार्यक्रम माछापुछ्रे गाउपालिका का अध्यक्ष कर्ण बहादुर गुरुङ को प्रमुख आतित्यथामा सम्पन्न भएँको थियो। कार्यक्रममा नेपाल स्काउट प्रदेश समिति सदस्य तथा सहायक रास्टृय प्रशिक्षक सागर पौडेल, वडाका वडा अध्यक्ष, बिध्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, अभिवाबक सङ्घ का पदाधिकारिहरु, शिक्षक, अभिभावक, प्रदेश स्काउट कार्यालयका प्रदेश अधिकृत , नेपाल स्काउट स्थानिय तदर्थ समितिका पदाधिकारीहरु, स्काउट लिडरहरुको उपस्थितीमा बिध्यालय हरु मा मास्क बैङ्क स्थापना गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सहित दुबै बिध्यालय मा गरी तीस हजार सर्जिकल मास्क हस्तान्तरण गरिएको थियो।