address:-

दुई दिने विपद ब्यबस्थापन तालीम तथा पूर्व तयारी अभ्यास सम्पन्न ।

प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेश को आयोजना मा 2 दिने विपद ब्यबस्थापन तालीम र पूर्व तयारी अभ्यास सम्पन्न भएँको छ। प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेश कार्यालय परिसरमा भएँको कार्यक्रममा बिभिन्न बिध्यालय हरु बाट 67 जना बिध्यार्थि हरु को सहभागिता रहेको थियो। कार्यक्रम को समापन समारोहमा बोल्दै युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उपसचिव घनश्याम पौडेलले विपद ब्यबस्थापनमा स्काउटले खेलेको भुमिका महत्त्वपूर्ण रहेको बताउनु भयो। नेपाल स्काउट गण्डकी प्रदेशका सम्योजक आशीर्वाद सुवेदीको अध्यक्षतामा भएँको कार्यक्रममा नेपाल स्काउट विपद ब्यबस्थापन दल का पवन कोईराला र थिर बहादुर खड्काले विपद ब्यबस्थापन तालीम र पूर्व तयारी अभ्यास गराउनु भएँको थियो। कार्यक्रम असार 14 र 15 गरी दुर्इ दिन सम्म सन्चालन भएँको थियो ।